पाठशाला न्यूज
 २०८१ जेष्ठ २, बुधवार    

बझाङ प्रदेश सभाको उपनिर्वाचनमा नेकपा एसको धरौटी जफत

२०८१ वैशाख १७, सोमवार १५:०१ बजे

बझाङ- बझाङको प्रदेश सभाको उपनिर्वाचनमा उम्मेदवारी दिएका नेकपा एकीकृत समाजवादीको धरौटी जफत भएको छ ।

यहाँ नेकपा एकीकृत समाजवादीका उम्मेदवार दिलबहादुर सिंहले २ हजार ५१५ मत पाएका थिए । सदर मतको १० प्रतिशत मत पनि नल्याएपछि उनको धरौटी जफत भएको छ। सिंह नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज हुन् ।

बझाङमा एमाले निर्वाचित हुँदा काँग्रेस र माओवादी केन्द्रबाहेक सबै पार्टीको धरौटी जफत भएको छ । यहाँ ११ दलका ११ जना प्रतिस्पर्धामा उत्रिएका थिए ।

बझाङमा भएको उपनिर्वाचनमा ३० हजार ३ सय २८ जनाले मतदान गरेका छन्। ती मध्ये २९ हजार ७०४ मत सदर भएको थियो ।