पाठशाला न्यूज
 २०८१ बैशाख २३, आईतबार    

बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु २५ जना घाइते

२०८० चैत्र ५, सोमबार १९:३८ बजे

बागलुङ- बागलुङको निसीखोला गाउँपालिकामा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु २५ जना घाइते भएका छन्। पश्चिम रुकुमबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नम्बरको बस सोमबार बागलुङको निसीखोला गाउँपालिका–६ जाउलेपानीमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ। 

बस मध्यपहाडी लोकमार्गदेखि १५० मिटर तल खसेको प्रहरीले जनाएको छ। घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीको भनाइ छ।