पाठशाला न्यूज
 २०८१ बैशाख २१, शुक्रबार    

५ वटा प्रदेशका पहाडी भू–भागका स्थानहरूमा चट्याङ्गसहित हल्का वर्षा

२०८० चैत्र १६, शुक्रबार ०८:१८ बजे

काठमाडौं : हाल नेपालमा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ । बागमती र गण्डकी प्रदेशको पहाडी भूभागको थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ ।
शुक्रबार दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा तथा देशका बाँकी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।
आज राति देशका पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ ।

देशका पहाडी भूभागका एक– दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
भोलि पनि देशका पहाडी भू–भागमा आंशिक देखि साधरणतया बदली रहने छ । बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।