पाठशाला न्यूज
 २०८१ जेष्ठ १, मङ्गलवार    

सविता राना मगरको एक गोलसँगै पहिलो हाफमा नेपाललाई अग्रता

२०८० फाल्गुण १७, बिहीवार २२:५० बजे

काठमाडौं– वाफ महिला च्याम्पियनसिप २०२४ को फाइनलमा जोर्डनविरुद्ध नेपालले सविता राना मगरको गोलमा अग्रता लिएको छ । पहिलो हाफमा नेपाल १-० ले अघि छ ।

चौथो मिनेटमा जोर्डनकी कप्तान माएसा जबाराहको प्रहार पोस्टको दिशामा रहेन । सातौं मिनेटमा गिता रानाको लामो फ्रिकिक जोर्डन गोलरक्षक शेरिन अल शलाबेले समात्न नसकेपनि खतरा भने रहेन ।

११औं मिनेटमा सविता राना मगरको क्रसमा अमिषा कार्की नियन्त्रणमा लिनुअघि चिप्लिन पुगिन् । १५औं मिनेटमा रश्मी घिसिङको प्रहार सिधै अल शलाबेको हातमा पुग्यो । १७औं मिनेटमा दीपा शाहीको फ्रिकिक पनि सिधै अल शलाबेको हातमा पुग्यो । अर्को मिनेटमा प्रिती राईको प्रहारमा पनि उनी बाधक बनिन् ।२९औं मिनेटमा आज पहिलो पटक सुरुवाती ११ मा रहेर खेलिरहेकी सविता राना मगरले नेपाललाई अग्रता दिलाइन् । रेखा पौडेलको पास जोर्डनले क्लियर गर्न नसकेपछि सविताले बक्सको छेउबाट गरेको प्रहार अल शलाबेको पहुंच भन्दा टाढा जाँदै पोस्टको दिशा लियो ।