पाठशाला न्यूज
 २०८१ जेष्ठ ३, बिहीवार    

एमाले संसदीय दलको बैठक शनिबार र आइतबार

२०८० माघ १९, शुक्रवार ११:२४ बजे

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । एमालेले शनिबार र आइतबार दिउँसो १२ बजे बस्ने गरी दलको बैठक बोलाएको हो ।
बैठकमा एमाले अध्यक्ष ओलीले पछिल्लो राजनीतिक अवस्थाका साथै एमाले सांसदहरूले संसद्मा खेल्नुपर्ने भूमिकाका बारेमा प्रशिक्षण दिने बताइएको छ ।
आगामी २२ गतेदेखि सुरु हुने संसद्को बजेट अधिवेशनमा कसरी प्रस्तुत हुने भन्ने विषयमा बैठकमा छलफल हुने एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले बताएका छन् ।
संसद्को हिउँदे अधिवेशन यही माघ २२ गतेबाट बस्दैछ । यो अधिवेशनमा सङ्घीयता कार्यान्वयन, शान्ति प्रक्रिया लगायत महत्त्वपूर्ण कानुनहरू बनाउने विधेयक अघि बढाउने सरकारको तयारी छ ।