पाठशाला न्यूज
 २०८१ बैशाख २१, शुक्रबार    

कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको हत्याका आरोपी फरार माओवादी केन्द्रका नेता कालीबहादुर खाम पक्राउ

२०८० चैत्र २०, मंगलबार १६:२५ बजे

काठमाडौं- कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको अपहरणपछि हत्याको अभियोगमा फरार माओवादी केन्द्रका नेता कालीबहादुर खाम विविध पक्राउ परेका छन् ।

माओवादी लडाकुका पूर्व डिभिजन कमाण्डर खामलाई रामहरी हत्या प्रकरणका प्रमुख योजनाकार मानिन्छ । उनलाई प्रहरीले काठमाडौंको ठमेलबाट पक्राउ गरेको हो।

यसअघि यसै प्रकरणमा पक्राउ परेका अर्का माओवादीका कमाण्डर गोविन्दबहादुर बटाला पक्राउ पछि रिहा भएका थिए ।

हाल माओवादी केन्द्रको सुरक्षा विभागका सदस्य रहेका खाम यस अघि माओवादी नेतृत्व कै संरक्षण कारण पक्राउ हुनबाट जोगिदै आएका थिए।