पाठशाला न्यूज
 २०८१ जेष्ठ ४, शुक्रवार    

रोल्पाको सुनखानी उत्खनन गर्न माग

२०८० चैत्र २, शुक्रवार १४:२० बजे

काठमाडौं-  प्रतिनिधिसभा बैठकमा रोल्पाको सुनखानी उत्खनन गर्न माग गरिएको छ । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा एमालेकी सांसद ईश्वरी घर्तीले रोल्पाको सुनखानी उत्खनन गर्न सरकारलाई आग्रह गरेकी हुन् । 

‘धेरै मान्छेले भन्नुहुन्छ– रोल्पामा सुनखानी छ रे, हो ? मैले भन्ने गर्छु– हो, रोल्पामा सुनखानी छ । दुईवटा सुनखानी दर्ता भएका छन् । पहिला रोल्पालीहरूले त्यहीँको सुन चालेर प्रयोग गर्थे,’ उनले भनिन्, ‘सरकारले त्यसको उत्खनन नगर्दा ती सुनखानीहरू अलपत्रजस्तै छन् । त्यसैले सुनछहरी, गामखोला, थगामखोलामा रहेका सुनखानी राज्यले तत्काल उत्खननको प्रक्रिया अगाडि बढाओस् ।’