पाठशाला न्यूज
 २०८१ जेष्ठ ५, शनिवार    

मारिए हमासको ‘आपतकालीन समिति’ का प्रमुख घामरी

२०८० चैत्र २८, बुधवार ०७:२६ बजे

तेल अहिव- हमासको ‘आपतकालीन समिति’ का प्रमुख हातेम अल–घामरी मारिएका छन् ।

मध्य गाजामा रहेको शरणार्थी शिविरमा गएराति इजरायलले गरेको हवाई आक्रमणमा हमासको ‘आपतकालीन समिति’ का प्रमुख घामरी मारिएका हुन् । 

सो समिति नगरपालिकाहरूमा सार्वजनिक व्यवस्था र नागरिक नियन्त्रण कायम राख्ने जिम्मा लिएको हमासको निकाय हो।

इजरायली रक्षा सेवाका अनुसार घामरी हमासको सैन्य शाखामा पनि एक प्रमुख अपरेटिभको रूपमा रहेका थिए, जो माघाजी शरणार्थी शिविर क्षेत्रबाट रकेट आक्रमणका लागि जिम्मेवार थिए। साथै, सो आक्रमणमा परी अन्य पाँच जनाको मृत्यु भएको प्यालेस्टिनी मिडियाले जनाएको छ ।

उता, युद्धविराम सम्झौताका लागि हमासको माग पूरा गर्न  इजरायलले अस्विकार गरेकाे छ । इजरायलले हमासको कुनै पनि माग पूरा नगर्ने जनाएकाे हाे । तर, युद्धविरामको प्रस्ताव अघि बढाएको उग्रवादी समूह हमासले जनाएको छ।

इजिप्ट र कतारी मध्यस्थकर्ताहरूले काइरोमा इजरायलसँग युद्धविराम गर्नका लागि बोलाइएको वार्तामा हमासलाई प्रस्ताव पठाइएको थियो, जसमा दुबै पक्षबाट कैदी आदानप्रदानको बदलामा लडाई रोकिने छ।