पाठशाला न्यूज
 २०८० चैत्र १५, बिहीबार    

जन ज्योति क्याम्पसमा होलि मिलन कार्यक्रम सम्पन्न

२०७९ फाल्गुन २१, आईतबार ११:२४ बजे

दिपु मिश्र
चन्द्रनिगाहपुर–नेपाल बिद्यार्थी संघ जन ज्योति बहुमुखि क्याम्पस,ईकाई समितिले होलि मिलन तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
आईतबार एक कार्यक्रमको आयोजना गरी नेपाल बिद्यार्थी संघ ईकाई समितिले जन ज्योति बहुमुखि क्याम्पसको प्रङ्गाणमा सयैं बिद्यार्थी तथा शिक्षक शिक्षिकाहरुको सहभागितामा होलि मिलन तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा नेपाली काग्रेंसका महासमिति सदस्य मिथिलेश मिश्र,नेपाली काग्रेंस मधेस प्रदेश सदस्य सुर्य बहादुर थापा,नेपाली काग्रेंका नेता सुमन गौतम,महासमिति सदस्य देवराज कार्कि,नेपाल बिद्यार्थी संघ रौतहटका पुर्व सभापति श्यामहरी चौलागाई,नेपाल बिद्यार्थी संघ रौतहटका जिल्ला सभापति अधिकार लामिछाने,जन ज्योति क्याम्पस (२०७३) का सभापति संगम श्रेष्ठ,ईकाई सभापति भिमराज अधिकारी (सुशिल) लगायतको सहभागिता रहेको थियो ।
यता अखिल क्रान्तिकारी विद्यार्थी संगठनले पनि क्याम्पसमा होलि मिलन तथा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको थियो । आउदो चैत्र ५ मा हुने स्ववियु निर्वाचनको लागि बिभिन्न संगठनहरुले अन्य कार्यक्रमहरु आयोजना गर्दै जाने जानकारी दिएका छन् ।