पाठशाला न्यूज
 २०८१ जेष्ठ २, बुधवार    

जितसँगै शिर्ष स्थानमा उक्लियो आर्सनल

२०८० चैत्र २२, बिहीवार ०७:३२ बजे

काठमाडौं-  प्रिमियर लिग अन्तर्गत आर्सनलले लुटन टाउनलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा आर्सनलले लुटन टाउनलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

आर्सनलको जितमा मार्टिन ओडेगार्ड र डैकी हाशीओकाले एक एक गोल गरेका थिए ।

यो जितपछि आर्सनल लिगको शिर्ष स्थानमा उक्लिएको छ । आर्सनलको ३० खेलमा ६८ अंक रहेको छ । त्यसैगरी एक खेल कम खेलेको लिभरपुलको २९ खेलमा ६७ अंक रहेको छ ।

त्यसैगरी लुटन टाउनको भने ३१ खेलमा २२ अंक रहेको छ र लिगमा १८औं स्थानमा छ ।