पाठशाला न्यूज
 २०८१ जेष्ठ ५, शनिवार    

बालेन विरुद्ध अदालतको अवहेलना मुद्दा हेर्न नभ्याइने हुँदा स्थगित

२०८० आषाढ १०, आइतवार १६:४१ बजे

काठमाडौं–अधिवक्ता बर्षा कुमारी झाबाट शुक्रबार बालेन विरुद्ध अदालतको अवहेलनामा सर्वोच्च अदालतमा दर्ता भएको अवहेलनाको  मुद्दा हेर्न नभ्याइने भएको छ । 

न्यायाधीश प्रकाशकुमार ढुंगनाको इजलासमा परेको उक्त निवेदन हेर्न नभ्याउने हुँदा स्थगित गरेकोछ।

उच्च अदालत पाटनले सिनेमा हल सञ्चालकलाई हिन्दी फिल्म नरोक्न महानगरविरुद्ध अन्तरिम आदेश जारी गरेको थियो । उक्त आदेश जारी भएसँगै बालेनले सामाजिक सञ्जालमार्फत आफूले आदेश नमान्ने बताएका थिए ।

उनले समाजिक सञ्जालमा ‘जहाँ सवाल देशको सार्वभौमिकता र स्वाधीनताको आउँछ, म कुनै कानुन र अदालतलाई मान्नेवाला छैन । फिल्म लेखकले नेपाल भारतको अधिनमा थियो भनिसकेपछि उनीहरुको नियत थाहा हुन्छ । यो कुरालाई नेपाल सरकारले स्टन्ट भन्नु र अदालतले फिल्म चल्न दिनु भनेको नेपाल भारतको अधिनमा थियो, अदालत र सरकार भारतको गुलाम भएको बुजिन्छ । यसको लागि जुनसुकै सजाय भोग्न तयार छु, तर फिल्म चल्दैन र चल्न दिइने छैन’ लेखेका थिए ।