पाठशाला न्यूज
 २०८१ जेष्ठ ६, आइतवार    

कथा केछ रजनीकान्तको फिल्म ’जेलर’ मा ?

२०८० श्रावण २७, शनिवार २२:१४ बजे

काठमाडौँ–रजनीकान्तको नामले चिनिने थलाइवा रजनीकान्तका कुनै पनि फिल्म रिलिज हुँदा प्रशंसकहरूका लागि चाडपर्व आएजस्तै हुन्छ । योपटक करिब २ वर्षपछि रजनीकान्त फिल्म ’जेलर’मार्फत ठूलो पर्दामा उपस्थित भए ।
फिल्ममा रजनीकान्तले आफ्नो छोरालाई सधैँ सत्यको मार्गमा हिँड्न प्रेरित गर्ने बुबाको भूमिका खेलेका छन् । मुथुवेल पाण्डियन उर्फ मुथु सेवानिवृत्त जेलर हुन् । उनी परिवारसँग सादा जीवन बिताउँछन् ।
यो फिल्ममा रजनीकान्तले मुथुवेल पाण्डियनको भूमिका खेलेका छन्। उनका छोरा अर्जुन (वसन्त रवि) इमानदार प्रहरी अधिकारी हुन्। अर्जुनको पुरातन वस्तु र देवताका मूर्तिहरू तस्करी गर्ने बर्मा (विंकयान) सँग लडाइ हुन्छ।
अचानक एक दिन अर्जुन बेपत्ता हुन्छ । एक दिन मुथुले आफ्नो छोराको हत्या भएको थाहा पाउँछन् । मुथुले आफ्ना छोराका हत्याराहरूलाई योजनाबद्ध तरिकाले मार्छन्। त्यसपछि उनको छोराको हत्या नभएर अपहरण भएको थाहा हुन्छ । यहीबाट कथामा नयाँ मोड आउँछ । 

फिल्ममा रजनीकान्त लामो समयपछि सशक्त भूमिकामा देखिएका छन् । फिल्मका निर्देशक नेल्सनले रजनीकान्तको चरित्रलाई निकै सशक्त तरिकाले प्रस्तुत गरेका छन्। फिल्मको पूर्वार्धमा रजनीकान्त धनी बुबाको भूमिकामा देखिएका छन् । कथा अघि बढ्दै जाँदा उनको खतरनाक पक्ष खुलासा हुन्छ ।
फिल्ममा रजनीकान्तको कमेडी टाइमिङको राम्रो प्रयोग गरिएको छ र योगी बाबुसँगको उनको कमेडीले औधी हँसाउँछ । राम्या कृष्णनले जेलरकी पत्नीको भूमिका निर्वाह गरेकी छन् ।
फिल्मको पटकथा अलि सुस्त छ । पटकथामा अलिकति ध्यान दिएको भए फिल्म अझ कसिलो बन्न सक्थ्यो ।