पाठशाला न्यूज
 २०८१ जेष्ठ ६, आइतवार    

गायक तथा संगीतकार योगेश वैद्यको ७७ बर्षको उमेरमा निधन

२०८० माघ ५, शुक्रवार ०९:१६ बजे

काठमाडौं : गायक तथा संगीतकार योगेश वैद्यको निधन भएको छ । उनो ७७ वर्षको उमेरमा बिहीबार राति साढे १२ बजे काठमाडौं भ्याली अस्पताल सुन्धारामा निधन भएको हो । वैद्य लामो समयदेखि मधुमेहबाट पीडित थिए ।
उनका ‘सपना भुलाइ सारा’, ‘मेरो आँशुमा नहाँसे’, ‘नेपाल मेरो उपहार भो’ लगायतका गीतहरू लोकप्रिय छन् । उनका नेपाल भाषाका गीत पनि लोकप्रिय छन् । नेपाल भाषामा ‘जय नमो सिरि बुद्ध भगवान’ र ‘जिमि यःम्ह थौ जिथाय् वइ’ लोकप्रिय छन् ।
बनस्पतीशास्त्रमा एमएससी गरेका वैद्यले ३३ वर्षसम्म सरकारी सेवामा बिताएका थिए । उनी २०६१ सालमा सहसचिव पदबाट अवकाश भएका थिए ।
उनको शुक्रबार पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने पारिवारिक स्रोतले बताएको छ ।