पाठशाला न्यूज
 २०८१ बैशाख २८, शुक्रबार    

प्रहरी नियन्त्रणमा रहेका गायक राई सहित ८ जना छुटे

२०८० चैत्र २२, बिहीबार १०:५५ बजे

फाईल तस्वीर 

काठमाडौं : गायक राजेश पायल राईलाई प्रहरीले छाडेको छ ।
मदिरा सेवन गरेर होहल्ला गरेको आरोपमा राई बुधबार राति पक्राउ परेका राईलाई बिहीबार छाडिएको हो । प्रहरी वृत्त नयाँ बानेश्वरका डीएसपी शिवराज बुढाथोलीले राईसहित ८ जनालाई छाडिएको बताए ।
राजेश पायल राई सहित तीन जनालाई मदन भण्डारी कलेज अगाडिबाट प्रहरीले पक्राउ गरेको थियो ।
बानेश्वर वृत्तले पक्राउ गरेका राईसहित ३ र अन्य ठाउँबाट पक्राउ परेका ५ जना गरी ८ जनालाई नै छाडिएको बताए ।
पक्राउ परेका आठै जनालाई सम्झाई बुझाई गरी आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।