पाठशाला न्यूज
 २०८२ पौष ४, शुक्रवार    

रास्वपाले मंसिर ८ देखि दोस्रो चरणको आन्दोलन गर्ने

२०८१ मंसिर ३, सोमवार ०७:४३ बजे

काठमाडौं- आइतवार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले यही मंसिर ८ गतेदेखि दोस्रो चरणको आन्दोलनको घोषणा गरेको छ । 

राजनीतिक प्रतिशोध बन्द गर्नुपर्ने, फौजदारी कानुन संशोधन गर्नुपर्ने, सहकारी पीडितको बचत रकम फिर्ता गर्नुपर्ने तथा स्वायत्त सहकारी प्राधिकरण बनाउनुपर्ने, भ्रष्टाचार काण्डको न्यायिक छानबिन गर्न स्वतन्त्र न्यायिक आयोग गठन गर्नुपर्ने, गतिशील अर्थतन्त्रका लागि संरचनागत आर्थिक सुधार एक दर्जन ऐनको संशोधन गर्नुपर्ने, प्रवासी र गैरआवासीय नेपालीको मताधिकार सुनिश्चित गर्नुपर्ने, संविधान परिमार्जनका लागि सर्वपक्षीय सम्मेलन आयोजना गर्नुपर्ने पनि रास्वपाको आन्दोलनको एजेन्डा रहेको छ ।

रास्वपाका पार्टी प्रवक्ता नेता मनिष झाले आफ्ना मागबारे प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर समेत जानकारी गराउने प्रयास गरे पनि समय नदिएको पत्रकार सम्मेलनमा बताएका छन्।