पाठशाला न्यूज
 २०८१ आषाढ १८, मङ्गलवार    

आज कुन कुन प्रदेशमा वर्षा हुँदैछ?

२०८१ जेष्ठ १७, बिहीवार ०७:११ बजे

काठमाडौं- नेपालमा स्थानीय वायु,  पश्चिमी वायूको प्रभाव सँगै बंगलादेश आसपास रहेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ ।

हाल कोशी, मधेश,गण्डकी र सुदुरपश्चिम प्रदेशका लगायत पहाडी भूभागमा आंशिक देखि साधारणतया  बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। हाल कोशी,मधेश,गण्डकी र सुदुरपश्चिम प्रदेशका एक दुइ स्थानमा हल्का बर्षा भइरहेको छ । 

आज दिउँसो कोशी प्रदेश लगायत पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ।

कोशी प्रदेशको थोरै स्थानहरू र बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

त्यस्तै आज राती कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्या्ङ्ग/हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।