पाठशाला न्यूज
 २०८१ आषाढ २३, आइतवार    

आज पनि बस्दै प्रतिनिधिसभाको बैठक

२०८१ जेष्ठ ४, शुक्रवार ०६:४९ बजे

काठमाडौं- बिहीबारको प्रतिनिधिसभाको बैठक शुरु हुनासाथ प्रतिपक्षी नेपाली काँग्रेसले अवरोध गरेपछि सरेको बैठक आज शुक्रबार बस्दैछ।

सहकारीको बचत हिनामिनाबारे गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्नका लागि समिति गठन गर्नुपर्ने माग राख्दै काँग्रेसले संसदमा अवरोध गर्दै आएको छ। 

बिहीबारको बैठक शुरु हुनासाथ प्रतिपक्षी नेपाली काँग्रेसले अवरोध गरेपछि बैठक आज शुक्रबार बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको थियो। 

विहीबारको बैठकमा प्रमुख प्रतिपक्षी दलको अवरोधविरुद्ध सत्तारुढ दल नेकपा एमाले पनि रोष्टममा उत्रिएको थियो । त्यसक्रममा कांग्रेस र एमालेका सांसदहरुबीच धकेलाधकेल भएको थियो ।