पाठशाला न्यूज
 २०८१ बैशाख २०, बिहीबार    

रातु नदीको ठेक्का शर्त विपरित भएको खुलासा

२०८० चैत्र २२, बिहीबार १४:५४ बजे

बिशाल बस्नेत

महोत्तरी- बर्दिवास नगरपालिकाले रातु नदी ठेक्का लगाउने क्रममा नै शर्त विपरित ठेक्केदार कम्पनिसँग  सम्झौता गरेको खुलासा भएको छ । नगरले ठेक्का आव्हानको क्रममा राखेका शर्तहरुको उल्लघन गर्दै देव बिष्णु कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रा.लिसँग सम्झौता गरेको खुलासा भएको हो ।

आन्तरिक आय ठेक्का सम्बन्धि शर्तहरुको ४ नं. बुद्दामा बर्दिवास नगरपालिकासँग आय तथा अन्य कारोवार सम्बन्धि मुद्दा मामिलामा सग्लन भएको, कार्यालयलाई बुझाउनुपर्ने वाकी वक्यौता रहेको, विगतका आर्थिक वर्षहरुमा सम्झौता गर्नमा सर्त राखी हानि नोक्सानी पुर्र्याएको र कालो सुचिमा परेको फर्म वा व्यक्तिलाई बोलपत्र स्वीकृत नगर्ने उल्लेख गरिएको छ ।

तर आर्थिक वर्ष २०७९÷८० मा सोही कम्पनिको बोलपत्र स्वीकृत गरी काम नगरेको र २०७९ को माहालेखा परीक्षकको रिपोर्टअनुसार आर्थिक बर्ष २०७८÷७९ मा देव बिष्णु कन्स्ट्रक्सनले नै २४ लाख ६७ हजार  बढी पेश्की वापतको रकम कार्यालयलाई  फर्स्यौट गर्न बाकि देखिएको छ ।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व निमावाली २०७७ को नियम ४७ अनुसार तोकिएको म्यादभित्र काम गरेवापतको पेश्की फर्स्यौट गर्नुपर्ने व्यवस्था छ नत्र राजस्वमा हानि, नोक्सानी र राजस्व छली गरेको ठहरिन्छ । यसरी आन्तरिक आयकरमा हानिनोक्सानी गरेको देखिने उक्त कम्पनीसँग नै नगरले किन आफ्नै सर्तविपरित सम्झौता गर्र्यो भन्ने बिषय अहिले नगर क्षेत्रमा चर्चाको बिषय वनेको हो ।

अझ आर्थिक बर्ष २०७९÷८० मा देव बिष्णु कन्स्ट्रक्सन सप्लायर्सले रातु नदीको पथलैया खण्डको ठेक्काको सवैभन्दा बढी रकम  १ करोड ७१ लाख ५१ हजार कवोल गरेवापत नगरले बोलपत्र स्वीकृत गरेको थियो ।

स्वीकृतपछी सम्झौता गर्न नआएको उक्त कम्पनिलाई वित्तीय नियमअनुसार कालो सुचिमा राख्ने र दोश्रो कवोल गर्ने ठेक्केदारसँग सम्झौता गर्न सकिने व्यवस्था छ । तर यसका वावजुत पनि सोही कम्पनीलाई किन अहिले बोलपत्र स्वीकृत गरेर ठेक्का लगाइयो भन्ने बिषय थप पेचिलो वन्दै गएको छ ।

ठेक्केदार कम्पनीका संचालक श्याम पोखरेलले भने नगरलाई पेश्की फर्स्यौट बापत कुनै पैसा तिर्न वाकी नरहेको दावी गरेका छन्।

माहालेखा परिक्षकको रिपोर्ट नै गलत भएको वताउदै संचालक पोखरेलले नगरपालिकाको लेखा साखाले प्रमाणित गरे आफू जस्तोसुकै सजाय भोग्न तयार रहेको वताए  । तर माहालेखा परिक्षकको रिपोर्टअनुसार बर्दिवास नगरपालिकाको विभिन्न ७  वटा ठाँउको उक्त पैसा फर्स्यौट गर्न वाकी देखिन्छ ।

संचालक पोखरेलले अघिल्लो पटक पाएको ठेक्कामा समेत नगरकै कारणले सम्झौता नभएको प्रष्ट वनाएका छन । ’कहिले हाकिमको सरुवा, कहिले हाकिम नै नआउने कारणले डेर महिना वित्यो अनि समय गुज्रीएपछि सम्झौता गर्न पाएनौ ।’ उनले भने ।

परिक्षकको रिपोर्टलाई नै आधार मान्ने हो भने नगरले लगाएको ठेक्का पुर्णतः शर्त विपरित देखिएको छ । आफैले सार्वजनिक गरेका शर्तहरु विपरित हुदा पनि देव बिष्णु कनस्ट्रक्सनसगैँ सम्झौता किन गर्नुप¥यो भन्ने बिषय आफैमा रहस्यमय देखिएको स्थानियहरु वताउछन । यही बिषय स्थानीय राजनीतिवृत्तमा समेत हल्लीखल्ली वनेको छ । नेकपा एमालेका नगर सचिव निरोज अधिकारीले यदी आफैले सर्त राखेर आन्तरिकरुपमा ठेक्का लगाएको हो भने नगर घेर्न तयार हुनुपर्ने वताए ।

शर्त उल्लंघन गरेर सम्झौता गरेको देखिएपछी माओवादी केन्द्र, नेपाली कांग्रेस र रास्वपाले समेत आपत्ति जनाएका छन । नगरले यो बिषय प्रष्ट नवनाए राजस्व छलीमा भएका यस्ता क्रियाकलापमा खवरदारी गर्ने वताए ।

बर्दिवास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मानन्द जोशीले भने यस बिषयमा अनविज्ञ रहेको जिकिर गरे । “म आउनु भन्दा पहिले नै भएको हुनाले के भएको रहेछ खोजी गर्नेछु ।” उनले भने । “सर्तहरु हेर्दा त यस्ता कम्पनि बोलपत्र स्वीकृतमा प्रतिबन्ध लगाउनुपर्छ भन्ने छ, नगरप्रमुखसँग पनि छलफल गर्नेछु ।”

नगरप्रमुख प्रल्हाद कुमार क्षेत्रीले भने सम्झौता गर्न योग्य भएपछी नै सम्झौता गरिएको प्रतिक्रिया दिएका छन् । नदीजन्य पदार्थको राजस्व हेर्ने साखाका साखा प्रमुख नारायण सेनले आफु नया भएको र सम्झौता गर्दा विधिअनुसार नै गरेको जिकिर गरे ।

योजना साखाका साखा अधिकृत दिपक पौडेलले फर्स्यौट र असुल फरक भएको हुनाले पेश्कीको सम्बन्धमा फर्स्यौट भईसकेको हुन् सक्ने वताए । योग्य भएका ठेक्केदारहरुलाई बोलपत्रमा सहभागी गराएर सवैभन्दा बढी कवोल गर्नेको स्वीकृत गरिएको उनको भनाई छ ।

यता अघिल्लो पटक ठेक्का पाएर पनि काम नगरेको भन्ने बिषय नगर कै कारण नभएको सेनले प्रष्ट वनाएका छन । “ढिला भएपछी आईई रिपोर्टको  मिति गुज्रीयो अनि अघिल्लो आर्थिक बर्षको ठेक्का प्रक्रिया नै रद्ध भएको थियो ।” उन्ले भने । “समयमा नै सम्झौता गर्न नसकिएपछि आईई रिपोर्टको म्याद नै सकियो अनि नया आईई गरेर आ.व. २०८०÷८१ मा ठेक्का लगाइएको हो ।” 

तर प्रमाणहरु हेर्दा गम्भीर त्रुटि भएको वताउदै वडा–३ का अध्यक्ष बिराट बिष्टले कार्यापालिका बैठकमा यो बिषयलाई जोडदाररुपमा उठाउने वताए ।  “सर्त बाझिनेगरी नगरले किन सम्झौता गर्यो यस्लाई हामी खोतल्ने छौ ।” अध्यक्ष बिष्टले भने । “यदी त्यस्तो देखियो भने नगरले ठेक्का नै खारेज गर्नुपर्छ ।”

अर्का वडा अध्यक्ष पदम आलेमगरले पनि उक्त प्रक्रियाको बिषयमा ध्यानाकर्षण भएको जनाएका छन । आफैले वनाएका शर्तहरु उल्लंघन गर्नु गम्भीर अपराध भएको वताउदै नगरले यस्को जवाफ दिनुपर्ने वताए ।