पाठशाला न्यूज
 २०८१ बैशाख १६, आईतबार    

३५ किलो चरेस सहित दुई भारतीय नागरिक पक्राउ

२०८० फाल्गुन ३, बिहीबार २२:३३ बजे

बारा : बाराबाट प्रहरीले लागूऔषध चरेससहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । ३५ किलो लागूऔषध चरेससहित दुई जनालाई बाराको अम्लेखगञ्जबाट प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय सिमरा र अम्लेखगञ्जबाट खटिएको टोलीले बुधवार ३२ एनएम ४४७६ नम्बरको भारतीय कार चेकजाँच गर्ने क्रममा चरेससहित दुई जनालाई नियन्त्रणमा लिएका हो । पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश जिल्ला बैहराईच, थाना देहात कोतावाली नाजिरपुरा नई बस्ती बस्ने साफिर अलि र कारमा सवार सोही ठेगाना भएका मोहमद अफजाललाई नियन्त्रणमा लिएको बारा प्रहरीले जनाएको छ ।
लुकाई छिपाई राखेको अवस्थामा खैरो टेपले प्याकिङ गरी ६७ वटा प्याकेटमा चरेस फेला परेको छ ।
३५ किलो लागूऔषध चरेस, सिमसहितको दुई थान मोबाइल, भन्सार सम्बन्धी कागजपत्र र कार समेतलाई लागूऔषध नियन्त्रण ऐन २०३३ अन्तर्गत आज म्याद थप गरेर अनुसन्धान तथा कारबाही अगाडी बढाइने प्रहरीले जनाएको छ ।