पाठशाला न्यूज
 २०८२ मंसिर २९, आइतवार    

धादिङ केन्द्र भएर भूकम्प

२०८० मंसिर २४, आइतवार १०:२३ बजे

काठमाडौं : धादिङ केन्द्रविन्दु भएर भूकम्प गएको छ । आज (आइतबार) बिहान ८ः२३ बजे धादिङ केन्द्र भएर ४.२ रेक्टर स्केलको भूकम्प गएको हो ।
भूकम्पको केन्द्रविन्दु धादिङको मैदी आसपास रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।
भूकम्पको धक्का धादिङ, नुवाकोट लगायत पहाडी क्षेत्रमा महसुस गरिएको बताइएको छ । जिल्ला प्रशासन कार्यालय धादिङले भूकम्पले पुर्याएको क्षतिको विवरण भने प्राप्त नभएको जनाएको छ ।