पाठशाला न्यूज
 २०८१ जेष्ठ २, बुधवार    

हिमचितुवाको आक्रमणबाट मुस्ताङमा ९ च्याङ्ग्रा मरे

२०८० माघ २३, मङ्गलवार १९:५१ बजे

फोटो: साभार 

जोमसोम- मुस्ताङको वारागुङ मुक्तिक्षेत्र-३ घ्याकर गाउँमा हिमचितुवाले आक्रमण गर्दा ९ च्यांग्रा मारेका छन्।

स्थानीय सन्दुक गुरुङको घर नजिकै रहेको च्यांग्रा गोठमा पसेर हिमचितुवाले ३६ वटा च्यांग्रामध्ये ९ वटा च्यांग्रा मारेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ।

मध्यरातमा खोरभित्र पसेर हिमचितुवाले च्यांग्रा मारेको प्रहरीको भनाइ छ। हिमचितुवाले ९ च्यांग्रा मारेको र ६ च्यांग्रा घाइते बनाएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेले बताए।