पाठशाला न्यूज
 २०८१ बैशाख २०, बिहीबार    

बेलायतमा भेटियो सबैभन्दा ठुलो सुनको डल्लो तर भएन बिक्री

२०८० चैत्र २४, शनिबार ०९:३४ बजे

लन्डन- बेलायतमा सबैभन्दा ठूलो सुनको डल्ला फेला परेको छ । 

इङ्गल्याण्डमा फेला परेको सबैभन्दा ठूलो सो सुनको डला लिलामीको लागि ल्याइएको छ । 

तर यसको उत्पत्ति रहस्यमा नै रहेको बेलायती सञ्चारमाध्यमले जनाएका छन्। 

रिचर्ड ब्रोकले मेटल डिटेक्टर मेसिन प्रयोग गरिरहेका थिए, जब उनले केही समयपछि बहुमूल्य साे धातुको डल्ला भेटाएका थिए । पछि ल्याबमा परिक्षण गरे पछि सो धातु सुनको भएको पत्ता लागेको थियो ।  

सो सुनको मूल्य ३० हजार देखी ४० हजार बेलायती पाउन्ड बिचमा तोकिएको छ ।

तर लिलामीमा बेच्न राखिएको भए पनि त्यो अझै बिक्री भने भएको छैन,  यद्यपि रिचर्ड ब्रोक अझै पनि सो बहुमुल्य धातुको डल्लु बेचिने आशामा रहेका छन् ।