पाठशाला न्यूज
 २०८१ जेष्ठ ७, सोमवार    

आजको मौसम : उच्च पहाडी र हिमाली भेगमा हल्का हिमपातको सम्भावना

२०८० माघ ८, सोमवार ०८:३३ बजे

काठमाडौं : आज हिउँदे वर्षाको सम्भावना नदेखिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार उच्च पहाडी र हिमाली भेगमा हल्का हिमपातको सम्भावना मात्र देखिएको छ । नेपाली आकाशमा अहिले पश्चिमी वायुको आंशिक प्रभाव मात्र छ ।
यस्तै, तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो लाग्ने सम्भावना छ । र, त्यसका कारण तराई क्षेत्रको जनजीवन, स्वास्थ्य, सडक र हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना छ ।
आज दिउँसो सुदूरपश्चिम र कर्णालीलगायत देशका पहाडी भेगमा आंशिक बदली रही बाँकी भूभागमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहने छ । कोशी र गण्डकीका उच्च पहाडी र हिमाली भेगका १–२ स्थानमा हल्का हिमपातको सम्भावना छ ।

आज राति पहाडी भेगमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया मौसम सफा रहने पूर्वानुमान छ । कोशी, गण्डकी र कर्णालीका उच्च पहाडी र हिमाली भेगका १–२ स्थानमा हल्का हिमपातको सम्भावना छ ।