काठमाडौं- नेकपा एमाले संसदीय दलको बैठक बस्दैछ । बैठक नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा दिउँसो १ बजे बस्ने भएको हो ।
सङ्घीय संसद् अधिवेशन सुरु हुनुअघि आवश्यक रणनीति तय गर्न दलको बैठक बस्न लागेको मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए । उनका अनुसार बैठकमा आउँदो अधिवेशनमा प्रस्तुत हुने नयाँ विधेयकका विषयमा पनि छलफल हुने छ ।
आउँदो १८ माघबाट सङ्घीय संसद्को अधिवेशन सुरु हुँदै छ । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले अधिवेशन आह्वान गरिसकेका छन् ।