पाठशाला न्यूज
 २०८१ आषाढ २३, आइतवार    

आज प्रतिनिधि सभाको बैठक बस्दै

२०८१ जेष्ठ ३२, शुक्रवार ०७:४३ बजे

काठमाडौं- प्रतिनिधि सभाको बैठक आज बस्दैछ । बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ । 

बैठकमा विनियोजन विधेयक २०८१ को विभिन्न शीर्षकहरूमाथिको छलफल जारी रहनेछ ।

वन तथा वातावरण मन्त्रालय, खानेपानी मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल हुने संसद् सचिवालयले जनाएको छ । 

यी मन्त्रालयउपर विभिन्न सांसद्हरुले खर्च घटाउन प्रस्ताव पेस गर्नेछन् । उक्त प्रस्तावहरूलाई पनि आजै निर्णयार्थ प्रस्तुत गरिने संसद् सचिवालयले जारी गरेको सम्भावित कार्यसूचीमा उल्लेख छ ।