पाठशाला न्यूज
 २०८१ बैशाख २७, बिहीबार    

एमाले सचिवालय बैठक बस्दै, पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने

२०८० चैत्र ११, आईतबार ०७:४० बजे

काठमाडौं- नेकपा एमालेको सचिवालयको बैठक बस्दैछ ।

आइतबार पार्टी कार्यालय च्यासलमा बस्ने गरी अध्यक्ष केपी शर्मा ओलीले बैठक बोलाएका छन् । बैठक बिहानबाट सुरू हुने छ । 

आजको बैठकमा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने जनाइएको छ ।

नेकपा माओवादी केन्द्र नेतृत्वको सरकारमा सामेल भए पछिको भिन्न परिस्थीतिका बारेमा छलफल हुने जनाइएको छ।