पाठशाला न्यूज
 २०८१ जेष्ठ ६, आइतवार    

अभिनेता अक्षय कुमारले पाए भारतीय नागरिकता

२०८० श्रावण ३०, मङ्गलवार १६:१२ बजे

काठमाडौं–बलिउड अभिनेता अक्षय कुमारले भारतको नागरिकता पाएका छन् । अभिनेताले सामाजिक सञ्जालमा आफ्नो नागरिकताको प्रमाणपत्रको तस्बिर साझा गर्दै उक्त जानकारी दिएका हुन् ।
यसअघि क्यानडाका नागरिक रहेका अक्षयले केही समय अगाडि भारतीय नागरिकताका लागि आवेदन दिएका थिए ।
सोमबार भारतले ७७ औं स्वतन्त्रता दिवस मनाइरहँदा अक्षयले आफ्ना फ्यानहरुका लागि खुसीको खबर साझा गरेका छन् । आफ्नो नागरिकताको प्रमाणपत्रको तस्बिर साझा गर्दै अक्षयले लेखेका छन्– ‘मन र नागरिकता दुवै हिन्दुस्तानी। स्वतन्त्रता दिवसको शुभकामना। जय हिन्द ।’
नागरिकतामा उनको नाम अक्षय हरिओम भाटिया छ । उनको जन्ममित ९ सेप्टेम्बर १९६७ छ भने जन्मस्थान भारतको दिल्ली छ ।