पाठशाला न्यूज
 २०८१ आषाढ २३, आइतवार    

राष्ट्रिय सभाको बैठक भोलिसम्मका लागि सर्यो

२०८१ जेष्ठ ६, आइतवार १६:१७ बजे

काठमाडौं- राष्ट्रियसभा बैठक भोलि सम्मका लागि स्थगित भएको छ । दलहरुबीच सहमति हुन नसकेपछि आज दिउँसो सवा ३ बजेलाई बोलाइएको बैठक भोलि दिउँसो सवा १ बजेलाई सारिएको हो ।

सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश (टिओआर) बनाउन कार्यदलको बैठक निष्कर्षमा पुग नसकेपछि संसदको बैठक प्रभावित भएको छ । 

आजको बैठकमा कार्यादेशमा अहिलेसम्म सहमति हुन सकेको छैन । 

शनिबार चार प्रमुख दलको बैठकले संसदीय समितिको कार्यादेश बनाउन कानुनमन्त्री पदम गिरीको संयोजकत्वमा कार्यदल गठन गरेको थियो । 

कार्यदलमा एमालेबाट महेश बर्तौला, कांग्रेसबाट जीवन परियार र रास्वपाबाट शिशिर खनाल रहेका छन् । 

अहिले कार्यदलमा छानबिनको दयारा बारे विवाद रहेको छ । रास्वपाले संसदीय समितिले गृहमन्त्रीलाई तोकेर छानबिन गर्न नसक्ने अडान लिदै आएको छ भने एमालेले व्यक्ति तोकेर छानबिन हुननसक्ने बताउदै आएको छ । 

त्यस्तै नेपाली कांग्रेसले भने सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको संलग्नता देखिएकोले छानबिन उनीमाथि पनि हुनुपर्ने बताउदै आएको छ ।