पाठशाला न्यूज
 २०८१ बैशाख १५, शनिबार    

अमेरिकामा रोजगारी वृद्धिको गति सुस्त

२०७९ भाद्र १८, शनिबार १४:४५ बजे

एजेन्सी–अमेरिकामा अगष्टमा रोजगारी वृद्धिको गति सुस्त भएको शुक्रबार सार्वजनिक भएको प्रतिवेदनमा जनाइएको छ । अघिल्लो महिनामा रोजगारी दरमा आश्चर्यजनक वृद्धिपछि बेरोजगारी दरमा महामारी पूर्वको स्तरभन्दा माथि पुगेको थियो ।
गत महिना अमेरिकी रोजगारदाता कम्पनी तथा फर्महरूले तीन लाख १५ हजार व्यक्तिलाई रोजगारीका अवसर उपलब्ध गराएको अमेरिकी श्रम मन्त्रालयले जनाएको छ ।
गत जुलाईमा यो संख्या पा“च लाख २६ हजार पुगेको थियो । जुलाईमा भएको रोजगार दरको वृद्धिसंगै अगष्टमा यो संख्या घट्ने अर्थशास्त्रीहरूले प्रक्षेपण गरेका थिए । बेरोजगारहरूको संख्या महामारी पूर्वको अवस्थामा पुगेपछि रोजगारीका अवसरहरूको खोजी नै कम हुनुलाई मन्त्रालयले स्वाभाविक भनेको छ । तर अघिल्लो महिना तीन दशमलव पाच प्रतिशतमा झरेको बेरोजगारी दर अगष्टमा बढेर तीन दशमलव सात प्रतिशतमा पुगेको थियो ।