पाठशाला न्यूज
 २०८१ जेष्ठ १, मङ्गलवार    

रूसमा आज देखि राष्ट्रपतिका लागि निर्वाचन सुरु

२०८० चैत्र २, शुक्रवार २१:०० बजे

रसिया- रूसमा आज देखि राष्ट्रपतिका लागि निर्वाचन सुरु भएको छ ,रुसि राष्ट्रपतिको निर्वाचन आजदेखी तीन दिन सम्म चल्ने छ। रुसि जासुसी संस्था केजिबीमा पुर्ब अधिकारी भाल्दिमिर पुटिन रुसका शक्तिशाली शाशकका रुपमा चिनिन्छन। निर्बिकल्प पुटिन राष्ट्रपति निर्वाचित हुने कुरामा कुनै शंका छैन।

राष्ट्रपति पदका लागि पुटिनसहित लियोनिड सुलुत्स्की, निकोलाई खारितोनोभ र भ्लादिस्लाभ दाभान्कोभ उम्मेदवार रहेको मस्को टाइम्सले उल्लेख गरेको छ । सुलुत्स्की लिबरल डेमोक्रेटिक पार्टी (एलडीपीआर), खारितोनोभ कम्युनिस्ट पार्टी र दाभान्कोभ न्यु पिपुल पार्टीका हुन् । पुटिन भने स्वतन्त्र उम्मेदवार हुन् ।

तर यी तीनै जना उम्मेदवार नाम मात्रका प्रतिद्वन्द्वी हुन् । यिनीहरू पुटिनलाई नै समर्थन गर्ने तर बाह्य विश्वका लागि देखाउन तयार पारिएका उम्मेदवार मानिन्छन् । किनकि, रुसको पुटिनराजमा राजनीतिक प्रतिपक्षका लागि कुनै स्थान छैन । 

पुटिनलाई चुनौती दर्ज गर्न सक्ने एलेक्सी नाभाल्नीको केही महिना अघि रुसको एक जेलमा शंकास्पद मृत्यु भएको थियो । रुसी प्रतिपक्ष दलका नेता तथा पुटिनका कट्टर आलोचक नाभाल्नीलाई २०२० अगस्टमा रहस्यमय ढंगले विष दिइएको थियो ।

अढाई दशकयता पुटिनका कारण व्यक्तिवादी अधिनायकवादी शासन विश्वका अन्य देश/समुदायमा पनि फैलिइरहेको छ । त्यस्ता शासकले लोकतन्त्रलाई नै नियन्त्रणमा लिएका छन् । टर्कीका रेसेप तैइप एर्दोगान, भेनेजुयलाका निकोलस मडुरो, बंगलादेशकी शेख हसिना मात्र होइन, विश्वकै ठूलो लोकतन्त्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलगायतका नेताले पनि आफूहरूले जनताको चाहनाअनुसार विशेष अधिकार उपभोग गरेको दाबी गर्न थालेका छन् । यो एक अर्थमा उनीहरूले पुटिनराजबाट नै सिकेका हुन् । 

यो बर्ष रुस ,अमेरिका भारत लगायतका देशमा आम निर्वाचन रहेको छ।