पाठशाला न्यूज
 २०८१ जेष्ठ ७, सोमवार    

नेपालमा असोज सम्म १ खर्ब ३६ अर्ब ९७ करोड रुपैयाँ रेमिट्यान्स मार्फत भित्रियो

२०८० कार्तिक २४, शुक्रवार २०:५४ बजे

काठमाडौँ : नेपाल राष्ट्र बैंकले गत असोजमा १ खर्ब ३६ अर्ब ९७ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको जनाएको छ ।
शुक्रबार विवरण सार्वजनिक गर्दै बैंकले असोज महिनामा १ खर्ब ३६ अर्ब ९७ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको जनाएको हो । यो एक महिनाको अवधिमा रेमिट्यान्स भित्रिएको अहिलेसम्मकै उच्च रकम हो । नेपाल राष्ट्र बैंकका अनुसार असोज महिनासम्म भित्रिएको रेमिट्यान्स अघिल्लो आवको यसै अवधिको तुलनामा ३० प्रतिशत धेरै हो । अघिल्लो आवको असोजमा विप्रेषण आप्रवाह १६.८ प्रतिशतले मात्र बढेको थियो ।
चालुआर्थिक वर्ष २०८०–८१ को भदौ २०८० सम्म २ खर्ब २८ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएकोमा असोजमा यो रकम बढेर ३ खर्ब ६५ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ ।