पाठशाला न्यूज
 २०८१ आषाढ २३, आइतवार    

इङल्याण्डमाथि दक्षिण अफ्रिकाको ७ रनको जित

२०८१ आषाढ ८, शनिवार ०६:५० बजे

काठमाडौं- दक्षिण अफ्रिकाले इङल्याण्डलाई पराजित गरेको छ । जारी टी-२० विश्वकप अन्तर्गत सुपर आठको खेलमा दक्षिण अफ्रिकाले इङल्याण्डलाई ७ रनले पराजित गरेको हो ।

दक्षिण अफ्रिकाले दिएको १६३ रनको लक्ष्य पछाएको इङल्याण्डले २० ओभरमा ६ विकेट गुमाउदै १५६ रन बनाएपछि दक्षिण अफ्रिका ७ रनले विजयी भएको हो ।

यस अघि पहिला ब्याटिंग गर्दै दक्षिण अफ्रिकाले २० ओभरमा ६ विकेट गुमाउँदै १६३ रन बनाएको थियो ।

यो जितपछि दक्षिण अफ्रीकाले सुपर आठमा लगातार दुई खेल जितेको छ र सेमिफाइनल नजिक पुगेको छ । यस विश्वकपमा दक्षिण अफ्रिकाको यो लगातार छैटौं जित हो ।

त्यस्तै इङल्याण्डले भने सुपर आठको दोस्रो खेलमा एक जित र एक हार बेहोरेको छ ।

अब सुपर आठको अन्तिम खेलमा दक्षिण अफ्रिकाले सोमबार वेस्ट इन्डिजको सामना गर्ने छ भने इङल्याण्डले आइतबार राती अमेरिकासँग खेल्ने छ ।