पाठशाला न्यूज
 २०८१ बैशाख २३, आईतबार    

चन्द्रनिगाहपुर सिटी जेसिजको 'साहित्यसँग जेसिज' कार्यक्रम सम्पन्न

२०८० आश्विन २८, आईतबार २२:०३ बजे

रौतहट- घटस्थापनाको दिन आज चन्द्रनिगाहपुर सिटी जेसिजले साहित्यसँग जेसिज कार्यक्रमको आयोजना गरेको छ। 

रौतहट जिल्लाको चन्द्रपुर नगरपालिकामा एक भव्य उपस्थिति माझ आयोजित साहित्यसँग जेसिज कार्यक्रम चन्द्रनिगाहपुर सिटी जेसिजका अध्यक्ष चिरञ्जीवी गौतम 'सानु सागर'को अध्यक्षता तथा चन्द्रपुर नगरपालिकाका मेयर सञ्जय काफ्लेको प्रमुख आतिथ्यमा करिब पाँच घण्टासम्म रचनात्मक साहित्यिक सिर्जनाहरुको वाचन भएर सम्पन्न भएको हो। 

कार्यक्रमको मुख्य आकर्षणमा प्रसिद्ध कवि मनु मञ्जिल र गजलकार प्रदिप रोदन हुनुहुन्थ्यो।

मुख्य आकर्षणमा आमन्त्रित कवि/गजलकार द्वय, साहित्य सञ्जाल रौतहटका अध्यक्ष बरिष्ठ उपन्यासकार/निबन्धकार माधव काफ्ले, प्रसिद्ध मुक्तककार हरि कृष्ण काफ्ले, कवि तथा उपन्यासकार अनन्त कोइराला, कवि डा. शालिग्राम शर्मा तथा कथाकार रेणुका जिसी सम्मानित उक्त कार्यक्रममा अग्रज कथाकार सपुत कार्की, उमेश बास्कोटा लगाएत व्यक्तित्वहरुको गौरवान्वित उपस्थिति रहेको थियो। 

कवि आलोक कोइराला, लक्ष्मि श्रेष्ठ, तेजविक्रम कार्की, राम उदित, श्याम थापा, सौगात विश्वकर्मा, मनोज विश्वकर्मा लगाएतका एक दर्जन साहित्यकारहरुले रचनावाचन गरेको उक्त कार्यक्रममा प्रसिद्ध मुक्तककार हरिकृष्ण काफ्लेले आफ्ना मुक्तकहरु वाचन गरेर कार्यक्रमको गरिमालाई बढाउनु भएको थियो। 

आमन्त्रित चर्चित युवा गजलकार प्रदिप रोदनले झन्डै एक घण्टा आफ्ना गजलहरूले श्रोताहरुलाई मन्त्रमुग्ध पारेपछि रौनकता बढेको साहित्यसँग जेसिज कार्यक्रमलाई रोदनले भव्यता प्रदान गर्नुभएको थियो। रोदनले चन्द्रनिगाहपुरका बौद्धिक जमातलाई एक पटक संवेदनशील भएर समाज र देश प्रति सोच्न बाध्य बनाउनु भयो । 

विश्व साहित्यमा नेपाललाई चिनाउन सफल अर्का प्रसिद्ध युवा कवि मनु मञ्जिलले कार्यक्रमको अन्तमा आफ्नो साहित्यिक दृष्टिकोण पस्किएर झण्डै आधा दर्जन भन्दा बढी कविताहरु वाचन गर्नुभएको थियो। कार्यक्रमको अन्तसम्म भव्य उपस्थिति रहेको उक्त कार्यक्रममा सम्मानित सम्पूर्ण व्यक्तित्वहरूलाई सम्मान पत्र प्रदान गरिएको थियो। 

चन्द्रनिगाहपुर सिटी जेसिजका संस्थापक अध्यक्ष बालकृष्ण श्रेष्ठको समुपस्थितिमा जेसिस श्यामहरि चौलागाईंले सञ्चालन गरेको कार्यक्रममा जेसिजहरु गोपाल हुमागाईं, अनन्त अधिकारी, दिलिप सापकोटा, जानुका कार्की सापकोटा, भिमराज अधिकारी लगायतका सदस्यहरुको महत्वपूर्ण उपस्थिति रहेको थियो। 

पछिल्लो समयमा सिटी जेसिजले अध्यक्ष चिरञ्जीवी गौतम (सानु सागर) को नेतृत्वमा निरन्तर सक्रियतापूर्ण सामाजिक न्याय, भाइचारा र असल नेतृत्वको सन्देश प्रसारित हुनेगरी एक पछि अर्काे कार्यक्रम गर्दै आइरहेको छ । 

शालिन व्यक्तित्वहरुले भरिपूर्ण जेसिजले आगामी दिनहरुमा पनि समाजमा सकारात्मक प्रभाव कायम राख्न कुनै कसर बाँकि नराख्ने प्रतिबद्धता व्यक्त गर्दै अध्यक्ष गौतमले रचना वाचन गर्ने साहित्यिक हस्ताक्षरहरुलाई मायाको चिनो प्रदान गर्दै कार्यक्रम समापनको घोषणा गर्नु भएको थियो ।