पाठशाला न्यूज
 २०८१ जेष्ठ ४, शुक्रवार    

ओडिआई विश्वकप-२०२३: दक्षिण अफ्रिकाको लगातार दोस्रो जित

२०८० आश्विन २५, बिहीवार २२:४३ बजे

काठमाडौं- एकदिवसीय विश्वकप (ओडीआई विश्वकप–२०२३) मा अष्ट्रेलियाले लगातार दोस्रो हार बेहोरेको छ । 

लखनउमा बिहीबार भएको एकदिवसीय विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई १३४ रनले पराजित गरेको छ । यस खेलमा दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३११ रन बनाएपछि अष्ट्रेलियाको टोली ४०.५ ओभरमा १७७ रनमा अलआउट भएको थियो ।

लखनउमा भएको उक्त खेलमा अस्ट्रेलियाको बलिङ र ब्याटिङ दुवै फ्लप रह्यो । टोलीका लागि मार्नस लाबुसचेनले सर्वाधिक ४६ रन बनाए । यस विश्वकपमा अस्ट्रेलियाले लगातार दोस्रो हार बेहोरेको छ । यसअघि उनलाई आयोजक भारतले पराजित गरेको थियो । योसँगै दक्षिण अफ्रिकाले लगातार दोस्रो जित दर्ता गरेको छ । दक्षिण अफ्रिकाले पहिलो खेलमा श्रीलंकालाई १०२ रनले पराजित गरेको थियो ।

३१२ रनको ठूलो लक्ष्य पछ्याउने क्रममा अस्ट्रेलियाको टोलीको सुरुवात निकै खराब रह्यो । मार्को यान्सेनले उनलाई मिचेल मार्स (७) को रूपमा पहिलो झटका दिए। इनिङ्सको छैटौं ओभरमा यान्सेनले मार्सलाई टेम्बा बाभुमाको हातमा क्याच आउट गराए। यसपछि लगातार विकेट ध्वस्त हुँदै गयो र अष्ट्रेलियाको आधा टोली मात्र ६५ रनको स्कोरमा प्याभेलियन फर्कियो । डेभिड वार्नरले १३ रन, स्टिभ स्मिथले १९ रन, विकेटकिपर जोस इन्ग्लिसले ५ र ग्लेन म्याक्सवेलले ३ रन मात्रै योगदान गर्न सके ।

अष्ट्रेलियालाई छैटौं झटका मार्कस स्टोइनिस (५) कागिसो रबाडाले सिकार बनाएका थिए । यस विषयमा विवाद भएपनि तेस्रो अम्पायरको निर्णयपछि स्टोइनिस फर्किनु परेको थियो । यसपछि मार्नस लाबुस्चेन (४६)ले मिचेल स्टार्क (२७)सँग सातौं विकेटका लागि ६९ रन जोडे। यो साझेदारी मार्को जेन्सेनले क्विन्टन डी ककको हातमा स्टार्कलाई विकेट पछाडि क्याच गराएर तोडेका थिए । त्यसपछि लाबुस्चेन पनि ३५ औं ओभरको चौथो बलमा प्याभिलियन फर्किए । उनलाई केशव महाराजको बलमा टेम्बा बाभुमाले क्याच आउट गरेका थिए । लाबुसचेनले ७४ बलमा ३ चौकाको मद्दतले ४६ रन बनाए ।

यसअघि दक्षिण अफ्रिकाका स्टार ओपनर क्विन्टन डी ककले शतक प्रहार गरेका थिए । ओपनिङमा आएका डी ककले ९० बलमा शतक बनाए । उनले छक्का प्रहार गर्दै शतक पूरा गरे । डि कक १०६ बलमा १०९ रन बनाएर प्याभिलियन फर्किए । उनले आफ्नो पारीमा ८ चौका र ५ छक्का प्रहार गरे । यससँगै उनले धेरै कीर्तिमान बनाए । उनीबाहेक एडेन मार्करामले सर्वाधिक ५६ रन बनाए । अष्ट्रेलियाका लागि मिचेल स्टार्क र ग्लेन म्याक्सवेलले २–२ विकेट लिए भने जोस हेजलउड, कप्तान प्याट कमिन्स र एडम जाम्पाले १–१ विकेट लिए ।