पाठशाला न्यूज
 २०८१ आषाढ १८, मङ्गलवार    

‘सरकारकै कारण नागढुंगा सुरुङमार्गको काम ठप्प’

२०८० फाल्गुण १८, शुक्रवार १५:३६ बजे

काठमाडौं-  रास्वपाका उपसभापति तथा सांसद डोलप्रसाद अर्यालले सरकारकै कारण नागढुंगा सुरुङमार्गको काम ठप्प भएको आरोप लगाएका छन् ।

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले सरकारले स्थानीयसँग गरेको प्रतिवद्धता कार्यान्वयन नगरेका कारण ब्रेक थ्रु हुने अवस्थामा रहेको नागढुंगा सुरुङमार्गको निर्माण कार्य  ठप्प भएको आरोप लगाएका हुन् । 

सुरुङ मार्ग अघि बढाउने बेलामा स्थानीयसँग गरेको सम्झौता कार्यान्वयन नहुँदा अहिले दैनिक करिब डेढ करोड रुपैयाँ जरिबाना तिर्नुपर्ने अवस्था आएको उनको भनाइ छ ।