पाठशाला न्यूज
 २०८१ जेष्ठ २, बुधवार    

बेलबारीमा तीन सवारीसाधन दुर्घटना हुँदा तीनजनाको मृत्यु, दुई जना गम्भीर

२०८० फाल्गुण १८, शुक्रवार १०:३० बजे

काठमाडौं : मोरङको बेलबारीमा तीन सवारीसाधन दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । तीव्र गतिको ट्रिप्परले बोलेरो गाडीलाई ठक्कर दिएपछि बोलेर उछिट्टिएर बसमा ठोक्किँदा बोलेरोमा सवार तीनजनाको मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका बोलेरोमा सवार पाँच जनामध्ये कोशी अस्पताल पुर्याइएका तीनजनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक रञ्जनकुमार दाहालले जानकारी दिए । दुईजनाको उपचार भइरहेको छ ।
मृत्यु हुने र घाइतेको परिचय खुलिसकेको छैन । मे १ झ २८५६ नम्बरको बोलेरो गाडीलाई प्रदेश ०२–००१ ख ९६७६ नम्बरका टिपरले ठक्कर दिएपछि बोलेर उछिट्टिएर प्रदेश ३ क ००१ ख २७१८ नम्बरको बसमा ठोक्किएको प्रहरीले जनाएको छ ।