पाठशाला न्यूज
 २०८१ बैशाख ३०, आईतबार    

इलाम–२ मा बिहान ११ बजेदेखि मतगणना सुरु हुने

२०८१ बैशाख १६, आईतबार ०९:५० बजे

इलाम : इलाम–२ मा मतगणना बिहान ११ बजे शुरु हुने भएको छ। आइतबार बिहान बसेको सर्वदलीय बैठकले ११ बजे मतगणना थाल्ने निर्णय गरेको हो ।
मुख्य निर्वाचन अधिकृत केशव प्रसाद घिमिरेले फाकफोकथुम गाउँपालिकाबाट मतगणना शुरु गर्ने जानकारी दिए । त्यसपछि क्रमशः चुलाचुली, माङ्सेबुङ, माई, देउमाई र इलामको मतगणना हुनेछ ।
सबै मतदान केन्द्रबाट मतपेटिका इलामस्थित गौतम बुद्ध सभा हलमा ल्याइसकिएको छ । हलका दुई स्थानमा मतगणना हुनेछ ।
मतगणना स्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ । मतगणना स्थलमा तारले घेरेर ११ वटा सीसीटीभी जडान गरिएको छ । मतगणनाको नतिजा इलाम चोक बजारको ‘डिस्प्लेमा समेत देखाउने तयारी गरिएको छ ।