पाठशाला न्यूज
 २०८१ बैशाख १७, सोमबार    

अन्तिम १ घण्टामा उच्च दरले सेयर बजारमा गिरावट

२०८० फाल्गुन १०, बिहीबार १६:२१ बजे

काठमाडौं- साताको अन्तिम कारोबार दिन बिहीबार अन्तिम १ घण्टामा सेयर बजार उच्च दरले घटेको छ । अघिल्लो दिनको तुलनामा २ बजेसम्म ४ अंक गिरावटमा बजार देखिएको थियो ।

तर ३ बजे कारोबार बन्द हुँदा भने अघिल्लो दिनको तुलनामा २०.७६ अंकले बजार झर्‍यो । २००५ अंकमा अडिएर बजार बन्द भएको छ । २ : ५५ बजे बजार २००१ अंकसम्म झरेको थियो ।

कुल ४९ कम्पनीको मूल्य भने बढेको छ । १९७ कम्पनीको मूल्य घट्दा २ को स्थिर रह्यो । हाइड्रोपार क्षेत्र सबैभन्दा धेरै घटेको छ । सो समूहको सूचक १.९ प्रतिशत घट्यो ।

उत्पादन समूह १.१४ र फाइनान्स ०.३३ प्रतिशत बढे । बैंकिङ ०.९६, विकास बैंक ०.८७, होटल तथा पर्यटन १.४८, लगानी १.५४, जीवन बीमा १.०७, माइक्रोफाइनान्स ०.५२, निर्जीवन बीमा १.४६, अन्य ०.९० र ब्यापार समूह ०.६० प्रतिशत घटे ।

समाज लघुवित्तको मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढ्यो । त्यस्तै जोशी हाइड्रोपावरको ९.८, सामलिङ पावरको ९.८, बोटलर्स नेपाल बालाजुको ८.२, बोटलर्स नेपाल तराईको ५.७ प्रतिशत बढ्यो । हिमालय ऊर्जा विकास कम्पनीको मूल्य ७.६ प्रतिशत घट्यो । बाराही हाइड्रोपावरको ६.६, पिपुल्स हाइड्रोपावरको ६.२, अपरस्याङ्गे हाइड्रोपावरको ५.१३ र रावा इनर्जीको मूल्य ५ प्रतिशत घट्यो ।

कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स, गोर्खाज फाइनान्स, जोशी हाइड्रोपावर, एनआईसी एसिया बैंक र ङादी ग्रुप पावर क्रमशः अगाडि रहे ।