पाठशाला न्यूज
 २०८१ बैशाख १५, शनिबार    

सिरहामा घरभित्रै हत्या गरिएको अवस्थामा महिलाको शव फेला

२०८० फाल्गुन २७, आईतबार ०९:२५ बजे

सिरहा : सिरहामा आफ्नै घरभित्र हत्या गरिएको अवस्थामा एक महिलाको शव फेला परेको छ ।
सिरहाको गोलबजार नगरपालिका ६ का महेन्द्र कुमार साहकी श्रीमती करिव ३५ वर्षिय अनिता कुमारी साहको धारीलो हतियार प्रयोगरी हत्या गरिएको अवस्थामा शव फेला परेको हो ।
स्थानीय सिकिन्द्र साहको घर भाडामा लिएर पछिल्लो एक वर्षदेखि होटल सञ्चालन गर्दै आएको साह दम्पतीमात्र घरमा रहेको बेला धारीलो हतियारले गर्दन काटीएको र सिलौटो टाउकोमाथि बजारीएको अवस्थामा घरभित्र सुत्ने खाटनजीकै शव फेला परेको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ ।
घटनाबारे प्रहरीले विभिन्न कोणबाट अनुसन्धान गरिरहेको जनाएको छ। धनुषाको लालगडबाट ल्याएको प्रहरीको तालिम प्राप्त कुकुरको सहयोगमा अनुसन्धान गरिरहेको छ । प्रहरीले उनको घर नजीकै रहेको गोठको नादीबाट खुकुरी बरामद गरेको छ ।
राती अवेर अनिताको श्रीमान महेन्द्र आत्तिएर बाहिर आएको थाहापाएपछि छिमेकीले घटनाबारे जानकारी पाएका थिए । साह आत्तिएर वेहोस भएपछि छिमेकीले नै उनलाई अस्पताल पुर्याए लगतै घटनाबारे प्रहरीलाई जानकारी गराएको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ । महेन्द्र साह यस अघि पनि आपराधीक घटनामा जेल परेको स्थानीयले बताएको छ । घटनामा श्रीमान संकाको घेरमा रहेको वताइएको छ । उनीहरुको एक छोरी र दुई जना स–साना छोराहरु छन् ।