पाठशाला न्यूज
 २०८१ बैशाख २१, शुक्रबार    

सहकारी घोटाला छानविनमा सरकार गम्भीर छैन- डा. आरजु राणा

२०८१ बैशाख ८, शनिबार १४:४८ बजे

काठमाडौं- सांसद डा. आरजु राणाले सहकारी अनुगमनका लागि सरकारले गठन गरेको छानबिन आयोग भरपर्दो नरहेको बताएकी छन् ।

शनिवार काठमाडौँमा आयोजित ‘सहकारी समस्या र भावी रणनीति’ विषयक छलफल कार्यक्रममा बोल्दै उनले सहकारीका पीडितहरूलाई न्याय दिलाउने कामका लागि गठित सरकारी छानबिन समिति भरपर्दो नरहेको आरोप लगाएकी हुन् ।

सहकारी संस्थाहरूले मान्छेलाई घरबारविहीन बनाएको घटनाको पनि उजुरी समितिमा आएको उनले बताइन् । २०७४ सालमा सहकारी जथाभाबी खोल्न दिने ऐन बनेपछि सहकारी क्षेत्रमा समस्या भित्रिएको भन्दै त्यसको समाधान गर्नुको विकल्प नरहेको उनको भनाइ छ ।

डा. आरजु राणा देउवा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापति हुन्।