पाठशाला न्यूज
 २०८१ जेष्ठ ६, आइतवार    

५६ वर्षको उमेरमा अरबाजले गरे दोस्रो विवाह

२०८० पौष ९, सोमवार १६:५९ बजे

काठमाडौं : बलिउड अभिनेता तथा फिल्म निर्माता अरबाज खानले ५६ वर्षको उमेरमा मेकअप आर्टिस्ट शुरा खानसँग दोस्रो विवाह गरेका छन् ।
दुवैको विवाह आइतबार साँझ अरबाजकी बहिनी अर्पिता खानको घरमा भएको थियो । अबेर राति अरबाजले सामाजिक सञ्जालमा श्रीमती शुरासँगको तस्वीर सेयर गरेका छन् । यो पोस्टमा अरबाज लेख्छन– हाम्रा प्रियजनको उपस्थितिमा हामीले अनन्त प्रेम र एकताको सुरुवात गर्दैछौं । हामीलाई हाम्रो यो विशेष दिनमा तपाईंहरुको आशीर्वाद र शुभकामना चाहिन्छ ।’
यो विवाहमा अरबाजका नजिकका र परिवारका सदस्य मात्रै उपस्थित थिए । अरबाजबाहेक आमाबुवा सलिम र सलमा खान, हेलेन, भाइ सलमान र सोहेल खान, बहिनी अलविरा खान अग्निहोत्री र युलिया वन्तुर, अभिनेत्री रिद्धिमा पण्डित पनि अर्पिताको घर पुगेका थिए । समारोहमा गायिका हर्षदीप कौरले पर्फम गरेको बताइएको छ ।

शूरा बलिउड अभिनेत्री रविना टण्डन र उनकी छोरी राशाको व्यक्तिगत मेकअप आर्टिस्ट हुन् । उनको आगामी फिल्म ‘पटना शुक्ला’ को सेटमा अरबाजसँग भेट भएको थियो । दुवै एकअर्काको बारेमा धेरै गम्भीर थिए र चाँडै विवाह गर्न चाहन्थे ।