पाठशाला न्यूज
 २०८१ जेष्ठ ५, शनिवार    

पिकअप जिप सहित काठ बरामद,चौधरी पक्राउ

२०८० श्रावण २१, आइतवार २२:२५ बजे

रौतहट–रौतहटको वन क्षेत्रबाट अबैध रुपमा सालको काठ चोरी निकासी गरिरहेको अवस्थामा डिभिजन वन कार्यालय रौतहटले पिकअप जिप सहित काठ बरामद गरेको छ ।
डिभिजन वन कार्यालय रौतहटले गैडाटार वन क्षेत्रबाट तस्करले बा.६च. ४६०२ नम्वरको पिकअप भ्यानमा सालको काठका गोलिया लोड गरेर लगिरहेको अवस्थामा वनको गस्ती टोलीले बरामद गरेको हो ।
चार थान सालको गोलिया सहित ईलाका प्रहरी कार्यालय चन्द्रपुर र वन गस्तिको संयुक्त पिकअप सहित गोलिया बरामद गरेको वन कर्मचारीले बताए । गाडी चालक फरार भएको र गाडीमा रहेका अरबिन्द चौधरीलाई पक्राउ गरेको डिभिजन कार्यालय रौतहटका प्रमुख सुनिल कर्णले बताएका छन् ।
पछिल्लो समय रौतहटको वृन्दावन, बनबहुअरी, जुडिबेला,बागमती र गैँडाटारबाट काठ तस्करी हुने गरेको पाईएको छ ।