तस्बिरमा : पिडित पटेल दाजुभाइ
प्रेमचन्द्र झा
राैतहट- मिटरव्याजीका कारण वृन्दावन नगरपालिकामा एक पटेल परिवार सुकुम्वासी बन्ने भएका छन् । घर व्यवहार मिलाउन लिएको तीन लाख सतरी हजार रुपैयाँका कारण १३ जनाको परिवार घरबार बिहिन हुने अवस्थामा पुगेका हुन् ।

तस्बिरमा: राम सुरेश महत
जिल्ला प्रशासन कार्यालयले २०८०साल अषाढ २७ गते पाँच लाख सतरी हजार तिर्नु पर्छ भनि गराएको सहमति कार्यान्वयन नहुँदा उक्त परिवार सुकुम्बासी बन्ने निश्चित भएको हो । वृन्दावन नगरपालिका वडा नम्बर ६ का निर्मला कुमारीले २०७७ सालमा दुई वर्ष आगाडीकै मितिमा गरुडा नगरपालिका वडा नम्बर १ का राम सुरेस महतसँग एक लाख रुपैयाँ प्रति दिनको एक हजार व्याजमा कपाली तमसुक बनाई लिएका थिए । सो रकमको व्याजको व्याज जोड्दै तिनलाख सतरी हजार पुगेपछि साहु महतोको जाेर जबर्जस्ती पनि बढदै गयो । निर्मला कुमारीको जेठाे छोरा मुकेस कुमार पटेलसँग छ लाखको कपाली तमसुक गराए । सो तमसुकको एक बर्ष नबित्दै भाई सुवोध पटेल र दाइ मुकेस पटेलसँग १०/१० लाखको चेक काट्न लगाए।

सो चेकले दुबै दाइ भाईको राम्रोसँग चलिरहेको जागिरे जिवनमा कालो बादल मडारीयो । चेक अनादरकाे मुद्दामा परेर तलब समेत साहुले लिन थाले । साहु महताेकाे अत्याचार बढ्दै गयो ।
आमाको नामको कापाली पनि च्यातिएन त्यसै बस्यो। विश्व स्तरीय कोराेना महामारीको प्रकोपमा घर गृहस्थि सम्हाल्दैमा आम्दानी बराबर हुने अवस्था थियोे । निर्मला कुमारी पटेलकाे दुई छोरा, दुबै जना शिक्षक छन्। एक जना गढिमाई नगरपालिकाको संग्रामपुरको आधारभुत विद्यालयमा र कान्छो सुबोध कुमार पटेल गुजरा नगरपालिकाको दलित प्राथमिक विद्यालयमा शिक्षक छन्।
साहुको ऋण तिर्नुपर्छ मान्यता मनसाय हुँदा हुँदै पनि साहुले जसरी पनि नियतबस सुकुम्बासी बनाएर भएपनि व्याजको व्याज असुल्ने गलत नियतले सधै पेश हुने गरेका कारण तिर्नु पर्ने ऋण तिर्नु आगाडी नै साहु महतोले आमाको नाममा उनन्तीस लाखको र दुबै छोराको नाममा १०/१० लाखको अदालतमा मुद्वा दायर गरेका छन्। दुबै दाजुभाइ माथि चेक अनादरकाे मुद्वा गरि शिक्षकको तलब आउने खाता राेक्का गराई विभिन्न तिकडम र जाल झेल गरि दुबै खाता वाट नाै लाख रुपैया लिई फरार समेत भई सकेका छन् । जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयले ईलाका प्रहरी कार्यालयले २० पटक भन्दा बढि निज साहु राम सुरेस महतोलाई उपस्थित गराउन पत्राचार गरेपनि उपस्थित नगराउदा मिटरव्याजी पिडित पटेल परिवार थप मारमा परेका छन् ।
निर्मला कुमारी पटेलको नाममा जग्गा जमिन रहेको हर्षाहा गाउँको दुई कठ्ठा मात्र घडेरी पनि निर्दयी साहु महतोले उन्नतिस लाखको कपालि कागजमा बिगो भराई बापत लिलाम गराउन लाग्दा निर्मला कुमारी पटेलको १३ जनाको परिवार सुकुम्बासी हुने निश्चित भएका छन् । यसबारे साहु महतोको मोबाईलमा सम्पर्क गर्दा सम्पर्क हुन सकेन । पिडितले राैतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीसँग न्याय पाउने आशमा दिनहुँ जिल्ला प्रशासन कार्यालय राैतहटमा धाई रहेका छन् । पिडितलाई न्याय दिलाउन आफुले कुनै कसर बाँकी नछोड्ने प्रतिबद्वता प्रजिअ रेग्मीको रहेकाे छ । मिटर व्याजिबाट पिडित सङ्घर्ष समितिका अध्यक्ष शिवशंकर साहले प्रहरी मिलोमतो गरेर पक्रन नसकेको साहुलाई अब हामी आफैले पक्राउ गरि सम्बन्धित निकायलाई बुझाउने चेतावनी दिएका छन् ।