पाठशाला न्यूज
 २०८१ जेष्ठ ३, बिहीवार    

खेलकुद मन्त्री विराजभक्तको वरिष्ठ सल्लाहकारमा प्रणय राणा नियुक्त

२०८० चैत्र १३, मङ्गलवार १५:४७ बजे

काठमाडौं- युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले वरिष्ठ सल्लाहकारमा प्रणय राणालाई नियुक्त गरेका छन् ।

मन्त्रालयबाट सेवा सुविधा नलिने गरी अवैतनिक सल्लाहकारमा आफूले जिम्मेवारी पाएको राणाले अनलाइनखबरसँग बताए ।

राणा फ्रेण्डस क्लब कुपण्डोलका पूर्व खेलाडी समेत हुन् । ‘ए डीभिजनमा तिन वर्ष खेलेको मसँग अनुभव छ । १६ वर्षको हुँदा फ्रेण्डस क्लबमा आवद्ध भएर ३ वर्ष खेले,’ राणाले भने ।

राणा राष्ट्रिय स्वतन्त्र पार्टीको एनआरएन विभागको केन्द्रीय उपप्रमुख हुन् । राणा नेपाली सेनाका पूर्व सैनिक अधिृतक समेत हुन् । अन्तराष्ट्रिय द्धन्द्ध व्यवस्थापनमा राणाले अमेरिकाबाट पीएचडी गरेका छन् ।

उनी गत निर्वाचनमा काठमाडौं–५ बाट रास्वपाबाट उम्मेदवार बनेका थिए ।