पाठशाला न्यूज
 २०८१ जेष्ठ ४, शुक्रवार    

इजरायलको आदेशपछि प्यालेस्टिनीहरू घर छोडेर दक्षिणी गाजातर्फ लागेका छन्

२०८० आश्विन २६, शुक्रवार २१:४० बजे

काठमाडौं-इजरायलको आदेशपछि प्यालेस्टिनीहरू आफ्नो घर छोडेर दक्षिणी गाजातर्फ लागेका छन् । 

प्यालेस्टिनी अधिकारीहरूका अनुसार गाजामा इजरायलले शनिबारदेखि निरन्तर बमबारी सुरु गरेपछि कम्तिमा १,७९९ व्यक्तिको मृत्यु र ६,३८८ भन्दा बढी घाइते भएका छन्।

इजरायली सेनाको घेरामा परेको एन्क्लेभको उत्तरी आधा भागका सबै नागरिकहरूलाई दक्षिणमा स्थानान्तरण हुन आह्वान गरेपछि हजारौं प्यालेस्टाइनीहरूले गाजा पट्टीमा आफ्नो घर छोड्न थालेका छन् । सो क्षेत्रमा आक्रमणको लागि ट्याङ्कहरू चारैतिरबाट जम्मा भएका छन्। 

संयुक्त राष्ट्र संघका अनुसार इजरायलले शुक्रबार २४ घन्टा भित्र सो स्थानका ११ लाख मानिसहरूलाई ठाउँ छोड्न चेतावनी दिए पछि यस्तो आदेश असम्भव भएको र यसले विनाशकारी परिणाम ल्याउन सक्ने कुरामा सचेत गराएकाे छ । तर गाजा पट्टीका सबै २३ लाख मानिसहरू यो आदेशले प्रभावित हुने र एउटा साँघुरो तटीय क्षेत्र भएर दक्षिण तिर बसाई सर्न संकेत गरेको बुझिन्छ। 

यो आदेश पछि इजरायलले एन्क्लेभको दक्षिणी र मध्य क्षेत्रहरूमा प्यालेस्टाइनीहरू भागेर जाने अपेक्षा गरेको थियो । त्यहाँ रातभर हवाई हमला भएको र मध्य भागहरू शुक्रबार बिहान पनि शान्त नरहेको समाचारहरु छन्। प्यालेस्टिनी रेड क्रिसेन्ट सोसाइटीका अनुसार पूरै गाजा पट्टीमा कुनै पनि ठाउँ सुरक्षित नरहेको दाबी गरिएको छ ‌। 

संयुक्त राष्ट्रसंघको मानवीय कार्यालय (ओसीएचए) ले गाजामा ४ लाख भन्दा बढी मानिसहरू पहिले नै घरबारविहीन भइसकेको र २३ जना उद्धारकर्मीहरुको मृत्यु भएको बताएको छ। 

इजरायली सेनाले भने यो आदेशलाई प्यालेस्टिनी नागरिकहरूको सुरक्षाको हितमा रहेको दाबी गरेकोछ ।