पाठशाला न्यूज
 २०८१ जेष्ठ २, बुधवार    

एम्बाप्पेको गोलमा पिएसजी फ्रेन्च कपको फाइनलमा

२०८० चैत्र २२, बिहीवार ०७:१९ बजे

काठमाडौं- पिएसजी फ्रेन्च कपको फाइनलमा पुगेको छ । गएराती सम्पन्न फ्रेन्च कपको सेमिफाइनलमा पिएसजीले रेन्नेजलाई १-० गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो ।

पिएसजीको जितमा खेलको ४०औं मिनेटमा किलीयन एम्बाप्पेले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो।

अब पिएसजीले फाइनलमा आगामी मे २५ मा लियोनको सामना गर्ने छ ।