पाठशाला न्यूज
 २०८१ जेष्ठ ४, शुक्रवार    

इजरायल सरकारद्वारा १० मध्ये ५ जनाको शव नेपाली दुतावासलाई हस्तान्तरण

२०८० आश्विन २८, आइतवार २३:०८ बजे

काठमाडौं- इजरायली सरकारले हमासको आक्रमणबाट निधन भएका १० जना नेपाली विद्यार्थीहरु मध्ये ५ जनाको शव इजरायल स्थित नेपाली दुतावासलाई हस्तान्तरण गरेको ।

नारायणप्रसाद न्यौपाने, लोकेन्द्रसिंह धामी, गणेशकुमार नेपाली, दिपेशराज विष्ट र आशिष चौधरी गरि ५ जनाको शव दूतावासले प्राप्त गरेको जनाएको छ । 

सिडट निजेभ एग्रिकल्चर सेन्टर अन्तर्गत किब्बुज अलुमिममा प्रशिक्षणरत विद्यार्थीहरूमाथि हमासद्वारा आक्रमण हुँदा १० जना नेपाली विद्यार्थीले ज्यान गुमाएका थिए।

आइतबार तेल अभिभस्थित नेपाली राजदूतावासले पाँच जना विद्यार्थीको शव प्राप्त गरेको र अन्य पाँच जनाको पनि शव प्राप्त हुने क्रममा रहेको दूतावासले विज्ञप्तिमार्फत जानकारी दिएको छ। 

हाल शवलाई नेपाल फर्काउन इजरायली सरकारसँग समन्वय भइरहेको जनाएको छ। 

हमासको आक्रमणमा परी घाइते भएका चार जनामध्ये दुई जना अस्पतालबाट डिस्चार्ज भइसकेका छन् भने एक जना नेपाल फर्किएको र एक जना दूतावासकै हेरचाहमा छन्।