पाठशाला न्यूज
 २०८१ बैशाख १९, बुधबार    

सुनसरीका पाँच पालिकामा लगाइएको कर्फ्यू हटाइयो

२०८० चैत्र २८, बुधबार १२:०९ बजे

इनरवा- स्थानीय प्रशासनले सुनसरीको हरिनगर गाउँपालिका र देवानगञ्ज गाउँपालिकासहित पाँच वटा पालिकामा लगाएको कर्फ्यू हटाएको छ ।  

कर्फ्यू हटे पनि यी क्षेत्रमा भेला, जुलुस गर्न प्रतिबन्ध लगाइएको सुनसरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले जानकारी दिएका छन्।

दुई समूहबीचकाे विवादले उग्र रुप लिएपछि गत शुक्रबार बेलुकाबाट कर्फ्यू लागेको थियो । शनिबार भएको सर्वदलीय बैठकमा दुवै पक्ष साम्य हुने सहमति भए पनि प्रदर्शन भएपछि पुनः कर्फ्यू लगाइएको थियो ।

हाल सबै क्षेत्रको कर्फ्यू मंगलबार राति १२ बजेबाट हटाइएको छ।