पाठशाला न्यूज
 २०८१ जेष्ठ ४, शुक्रवार    

‘पूजार सार्की’को दोस्रो गीत 'रिमै' सार्वजनिक (भिडियो सहित)

२०८१ वैशाख १८, मङ्गलवार १९:३३ बजे

काठमाडौं- दिनेश राउतको निर्देशनमा बनेको फिल्म ‘पूजार सार्की’को दोस्रो गीत 'रिमै' सार्वजनिक गरिएको छ ।

मंगलबार  युट्युबमा सार्वजनिक गीतमा निर्देशक दिनेश राउतको शब्द रचना, सुवास भुसालको संगीत तथा देवेन्द्र बराल र मुना ठटालको युगल स्वर रहेको छ ।

गीतमा फिल्मका मुख्य कलाकारहरु आर्यन सिग्देल र अञ्जना बराइली तथा प्रदीप खड्का र परीक्षा लिम्बू प्रमुख तथा पल शाह रुपमा फिचर्ड छन् । 

विकास सुवेदीको लेखन रहेको फिल्ममा मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शङ्कर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराल लगायतको पनि अभिनय छ । 

जातीय विभेदविरुद्धको कथामा आधारित भएर बनेको फिल्मलाई सुवास भुसालले निर्माण गरेका हुन् । किङ्गडम नेटवर्कको प्रस्तुति रहेको फिल्ममा राजेश श्रेष्ठको डिओपी, भरत रेग्मीको सम्पादन, सुप्रिम पराजुलीको कलर ग्रेडिङ तथा हिमाल केसीले द्वन्द्व निर्देशन छ ।

आगामी जेठ १० गतेबाट सार्वजनिक प्रदर्शनमा आउन लागेको फिल्मलाई आरआर फिल्मसले वितरण गर्दैछ । अन्तर्राष्ट्रिय बजारमा एमएसएम इन्टरटेन्मेन्टले वितरण अधिकार लिएको छ ।

गीतको भिडियो