पाठशाला न्यूज
 २०८१ बैशाख १३, बिहीबार    

नेपालमा आठ महिनामा तीन लाख २६ हजार विदेशी पर्यटक

२०७९ भाद्र १८, शनिबार १२:५४ बजे

काठमाण्डौ–कोभिड–१९ महामारीपछि विदेशी पर्यटक आगमनमा सुधार देखिएको छ । अंग्रेजी वर्ष सन् २०२२ को सुरुआती चरणदेखि पर्यटक आगमन सुधारोन्मुख रहेको पर्यटक आगमनको आंकडाले देखाउछ ।
अध्यागमन विभागलाई उधृत गर्दै नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार वर्षको आठ महिनामा कूल तीन लाख २६ हजार छ सय ६७ पर्यटक नेपाल भित्रिएका छन् । यो हवाई मार्ग भएर भित्रिएका पर्यटकको विवरण हो । बोर्डका अनुसार गत अगष्टमा ४१ हजार तीन सय चार विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । कोभिडपूर्व सन् २०१९ को अगष्टमा ७३ हजार आठ सय १४ पर्यटक नेपाल भित्रिएका छन । तुलनात्मकरुपमा अगष्टमा कम पर्यटक आउछन् । वर्षायाम भएकाले पर्यटकको संख््यामा कमी आएको बोर्डले जनाएको छ । सेप्टेम्बर महिना पर्यटनमा उपयुक्त सिजन मानिन्छ । यो सिजनमा उल्लेख्य सख््यामा पर्यटक भित्रिने गरेका छन् ।
समग्रमा पर्यटक आगमन सुधारोन्मुख रहेको बोर्डका निर्देशक मणिराज लामिछानेले बताए । वर्षको सुरुआतदेखिनै पर्यटक आगमन सुधार ९७५ प्रतिशतसम्म० रिभाइब भइरहेको अवस्थामा अगष्टमा केही कमी आएको उनको भनाइ छ । अघिल्लो महिनाको भन्दा अवस्था हेर्दा केही घटेको देखिन्छ, अमेरिका, बंगलादेश र भारतको सकारात्मक बढोत्तरी थियो, समग्रमा ६५ प्रतिशत रिभाइब भएको देखिन्छ, निर्देशक लामिछानेले भने । इन्धनको मूल्यवृद्धिभएसंगै गन्तव्य मुलुकमा पुग्ने हवाइ भाडा महंगो भएकाले पनि पर्यटक आवागमनमा केही असर परेको अनुमान गर्न सकिने उनले बताए ।
अगष्टमा १६ हजार एकसय ४७ भारतीय नेपाल आएका छन् । एसिया र अन्य मुलुकबाट १८ हजार पाच सय चार, युरोपबाट तीन हजार दुई सय २७ पर्यटक नेपाल आएका छन् । यस्तै अमेरिकाबाट चार हजार ६६ पर्यटक नेपाल आएका छन् ।